काठमाडौ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।
यस्तै निगमले डिजेल तथा मट्टितेलको मूल्य भने घटाएको छ । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । शनिबार पेट्रोलको ५८ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । यस्तै चारखाली, जनकपुर, विराटनगर, नेपालगञ्ज, धनगढी क्षेत्रमा पेट्रोलको १६५ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको १५३ रुपैयाँ ५० पैसा पर्ने छ । सुर्खेत र दाङमा भने पेट्रोलको १६७ रुपैयाँ र डिजेल/मट्टितेलको १५५ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै हेरफेर गरेको छैन ।