२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

पाँचौं एपिक नेपाल म्युजिक अवार्ड हुने

hardik ivf
मध्यान्ह
२०८१ फागुन ४ गते १३:२६
पाँचौं एपिक नेपाल म्युजिक अवार्ड हुने

काठमाडौं : एपिक नेपाल म्युजिक अवार्डको पाँचौं संस्करण आयोजना हुने भएको छ । मध्यपुर थिमी शंखधरपार्क भक्तपुरमा थिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता र म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलन तथा चियापान समारोहमा पाँचौं संस्करणको एपिक नेपाल म्युजिक अवार्डको घोषणा गरिएको हो ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत–संगीतका सबै विधालाई समेटिने जनाइएको छ ।

लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरी ३२ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्थाका राजेन्द्र पुरीले जानकारी गराएका छन् ।

आगामी चैत २ गते मध्यपुर थिमी नगरपालिका, दुई पोखरीमा सम्पन हुने पाँचौं एपिक नेपाल म्यूजिक अवार्ड २०८१ कार्यक्रममा लाइफटाइम एचिपमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगदसहित प्रदान गरिने छ भने वरिष्ठ पत्रकार ऋषि धमला र युवा पत्रकार सम्मान क्रषि थपलियालाई नगदसहित सम्मान गरिने भएको छ ।

त्यसैगरी अभिनेता भुवन केसी र पल शाह पनि सम्मानित हुने छन् । मिथिला शर्मा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट, प्रशना शाक्य निर्णायक रहने कार्यक्रमलाई विभिन्न संघसंस्था र पालिकाहरुले प्रायोजन गर्ने भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise