२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउँदै

shivam cement
२०८१ फागुन ५ गते ११:२३
Shares
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउँदै

रौतहटः भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुने  मधानी महायज्ञमा सहभागी हुन उनी रौतहट आउन लागेकी हुन्। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेकी हुन् ।

‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्रसँगै मोनालिसा मधानी महायज्ञमा आउने तय भएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले जानकारी दिइन् । महाकुम्भ मेलाको त्रिवेणी संगममा मोनालिसा रुद्राक्ष बेच्थिन् । आँखाको फरक रङका कारण उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थालेका हुन् । 

मधानी महायज्ञमा भारतीय भोजपुरी तथा हिन्दी सिनेमाका कलाकार तथा सांसद रविकिशन, प्रसिद्ध गीतकार तथा पूर्वमन्त्री विनयबिहारी, गायक तथा अभिनेता रितेश पाण्डे पनि आउने निश्चित भएको नगर प्रमुख साहले बताइन् ।

उनका अनुसार फागुन ११ उद्घाटन समारोह, १२ गते शिव बारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र  १५ गते  मधानी विशेष दंगल कार्यक्रम हुनेछ । २०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै आएको छ । दिपेश पौडेल/नेपाल न्युज बैंक

 

ADV

ताजा खबर

सम्बन्धित खबर