२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

भण्डारीको उपन्यास 'बोरा' कतारमा विमोचन

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन ५ गते १५:४९
भण्डारीको उपन्यास 'बोरा' कतारमा विमोचन

दोहा, कतार : पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास 'बोरा' कतारमा विमोचन गरिएको छ ।  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादकसमेत रहेका लेखक भण्डारीको उपन्यास 'बोरा' कतारमा विमोचन गरिएको हो । एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता र लेखक भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा उपन्यासको बारेमा लेखक तथा साहित्यकार सुरेश भट्ट 'आश्रिन' र सामाजिक व्यक्तित्व विमल सुवेदीले प्रकाश पारेका थिए ।

मुन्तजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा आईसीसी सदस्य दिपजंग शाह, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष दिलकुमार श्रेष्ठसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि तथा लेखक भण्डारीले बोराभित्र बेरेर आफ्नी आमालाई कसरी छोरा र बुहारीले खोला किनारमा फाले ? कसरी फेला परिन् र कसरी भण्डारीले भेटे र उपन्यास बन्यो भन्ने पलहरू सुनाएका थिए ।

एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गरेको कार्यक्रमको सहजीकरण एनसीसी कतारका सचिव सन्तोष क्षेत्रीले गरेका थिए ।


 

ADV

सम्बन्धित खबर

Advertise