२०८१ फागुन ८ गते बिहिवार / Feb 20 , 2025 , Thursday
२०८१ फागुन ८ गते बिहिवार
Ads

नेपालको विजयी सुरुवात

hardik ivf
मध्यान्ह
२०८१ फागुन ५ गते २०:१४
नेपालको विजयी सुरुवात

काठमाडौं : नेपालले चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानलाई पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको १–० को जितमा विमला चौधरीको गोल नै निर्णायक बन्यो । यो नतिजासँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ । अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ । नेपालका लागि खेलको नवौं मिनेटमा विमला चौधरीले एक मात्र गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । उनले सविता रानाको क्रसलाई उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरिन् ।

खेल अवधिभर नेपालले झन्डै एक दर्जन गोलका अवसर सिर्जना गरेको थियो । तर फिनिसिङमा चुक्दा नेपालले थप गोल गर्न सकेन । अब नेपालले फागुन ८ गते बिहीबार लेबनानसँग खेल्नेछ । सोही दिन किर्गिस्तानले म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise