२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

draupadi film
मध्यान्ह
२०८१ फागुन ९ गते १८:३३
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म हुनेछ ।

लुम्बिनी प्रदेशका ३ मैदानमा हुने प्रतियोगिता राउन्ड रोबिन लिगमा हुनेछ । १० टोलीबीच हुने प्रतियोगिता रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तथा दाङ देउखुरीको लमही क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफसहित ७ प्रदेशका टोलीको सहभागिता हुनेछ । 

सिद्धार्थ रंगशालामा फाइनलसहित प्रतियोगितामा १७ खेल हुनेछन् । एक्स्ट्राटेक ओभलमा १५ खेल हुनेछन् । यस्तै लमहीमा १४ खेल हुनेछन् । 

पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन् । यस्तै एक्स्ट्राटेकमा बागमती प्रदेश र एपिएफ तथा लमहीमा कर्णाली र सुदूरपश्चिमबीच खेल हुनेछ । 

प्रधानमन्त्री कपको अघिल्लो संस्करण सिद्धार्थ रंगशालासहित मुलपानी र कीर्तिपुर मैदानमा भएका थिए । यसपटक भने सबै खेल काठमाडौँ बाहिर आयोजना गर्न लागिएको हो ।

राउन्ड रोबिन लिगको आधारमा हुने प्रधानमन्त्री कप जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताको छनोटको आधार समेत हो । अघिल्लो संस्करणको शीर्ष ४ टोलीले यो वर्षको जय ट्रफीमा प्रतिस्पर्धा गरेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise