२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

hardik ivf
मध्यान्ह
२०८१ फागुन १० गते १५:५४
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

काठमाडौं : प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज आयोजित एक समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा एमालेका उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औं वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पाणिनी बुक्स प्रा.लि.द्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रीहरु एवं उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।

“न म साहित्यकार, न लेखिका हुँ । त्यही पनि मनमा लागेका आफ्ना विचारहरु कहिलेकाहीँ लेख्ने गर्थे । त्यही संग्रहलाई आज पुस्तकका रुपमा ल्याएको छु”, शाक्यले भनिन्, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यही करुणाले गरें ।”

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यस अवसरमा पाणिनी बुक्स प्रा.लि.द्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise