२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

दोस्रो एनसीएमटी फुटसल प्रतियोगिता सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ फागुन १० गते १९:१८
दोस्रो एनसीएमटी फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं : दोस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता–२०२५ सम्पन्न भएको छ । काठमाडौंको सामाखुसीमा रहेको नेशनल कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स प्रा.लि. (एनसीएमटी कलेज)को आयोजनामा भएको प्रतियोगिता फागुन ९ र १० गते भएको थियो ।

प्रतियोगिताको उपाधि एआईटीएम कलेजल ललितपुरले जितेको छ । यस्तै प्रतियोगितामा टेक्सस कलेज, चाबहिल दोस्रो हुँदा सरस्वती मल्टीपल क्याम्पस, ठमेल तेस्रो भएको छ । फाइनल खेलमा टेक्ससलाई २-१ गोल अन्तरले हराउँदै एआईटीएमले उपाधि जितेको हो ।

१४ वटा कलेजले भाग लिएको प्रतियोगिताका सबै खेल गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा भएको थियो । प्रतियोगिताको पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने कलेजहरुले क्रमशः २५, १५ र ५ हजार नगदसहित मेडल र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि एआईटीएम कलेजका अनिल केसीले प्राप्त गरे भने मस्ट भ्यालुएबल खेलाडीको उपाथि सरस्वती बहुमुखी क्याम्पसका सुशान्त भण्डारीले हात पारे ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङको प्रमुख आतिथ्यतामा फाइनल खेल भएको थियो । कप्तान चेम्जोङले विजेता टिम तथा खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

एनसीएमटीका भाइस प्रिन्सिपल विकास विडारीले कलेजले विद्यार्थीलाई पढाइसँगै विद्यार्थीको वृत्ति विकास र खेल विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए । 

ADV

सम्बन्धित खबर

Advertise