२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

डाक्टरहरू फुटसल खेल्दै

hardik ivf
मध्यान्ह
२०८१ फागुन ११ गते २१:०५
डाक्टरहरू फुटसल खेल्दै

काठमाडौं : पिपल्स डेन्टल कलेज र अस्पतालले फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा इन्टर ब्याच फुटसल आयोजना गर्ने भएको छ । अस्पतालका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा ८औं तीर्थरत्न फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको हो । यस प्रतियोगितामा कलेजमा अध्ययनरत बिडीएस प्रथम वर्षदेखि पिजी गरिरहेका विद्यार्थी र डाक्टरहरू र अस्पताल स्टाफ, कन्सल्टेन्ट डाक्टरहरूको सहभागिता रहने आयोजकले जानकारी दिए ।

पढाइ साथै खेलकुदमा पनि भाग लिन सके शारीरिक र मानसिक रूपमा स्वस्थ हुनसक्ने विचार राख्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक बिडीएस इन्टर्न डाक्टरहरू बताउँछन् । प्रतियोगिताका प्रायोजकको रूपमा मेडिप्लस नेपाल, गर्ग डेन्टल सप्लायर्स, यूनाइटेड डेन्टल केयर प्रा.लि., एसियन फार्मास्युटिकल, डेन्टोमेड सोलुसन्स नेपाल, ग्लोबल हस्पिटल, इन्टिग्रेटेड हेल्थ केयर, ओमी डेन्टल क्लिनिक, देउराली जनता फार्मास्युटिकल रहेका छन् ।

प्रतियोगिता सफल पार्नका लागि आयोजक डा. सुरज पाण्डे, डा. राजु राज शाक्य, डा. रोजन जङ्ग बस्नेत लगायत सबै इन्टर्न डाक्टरहरूले आफ्नो क्षमता अनुसार लागिपरिरहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise