२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १५:१४
एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं : ट्राइब्रेकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको टाइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए ।

अब फाइनल प्रवेशका लागि संकटाले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

ADV

सम्बन्धित खबर

Advertise