२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

१४औँ दक्षिण एसियाली खेलकुद अर्को वर्ष पाकिस्तानमा हुने

draupadi film
मध्यान्ह
२०८१ फागुन १३ गते १८:१०
१४औँ दक्षिण एसियाली खेलकुद अर्को वर्ष पाकिस्तानमा हुने

काठमाडौं :  झण्डै ७ वर्ष पनि १४ औँ दक्षिण एसियाली खेलकुद (साग) अर्को वर्ष पाकिस्तानमा हुने भएको छ । यसअघि १३ औँ दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालमा भएको थियो । साग प्रत्येक २ वर्षमा आयोजना गर्ने प्रावधान छ ।

दक्षिण एसियाली ओलम्पिक परिषद्को मंगलबार पाकिस्तानको लाहोरमा बसेको बैठकले साग जनवरी २०२६ मा गर्ने निर्णय गरेको हो । निर्णय अनुसार साग प्रतियोगिता २३ जनवरी (माघ ९) देखि ३१ सम्म पाकिस्तानमा हुने छ ।

सागका खेलहरू पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुनेछ ।  परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा बसेको बैठकले सागमा २७ खेलहरू समावेश गर्ने निर्णय पनि गरेको छ ।

आयोजक राष्ट्रले थप २ खेल समावेश गर्न पाउने प्रावधान छ । कुनै खेल हटाइएमा वा ४ भन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइनेछ । 

बैठकमा सबै ७ दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए । भारतको ओलम्पिक एसोसिएसनले अनलाइन रूपमा सहभागिता जनाएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise