२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

डा. त्रिलोचन उप्रेतीका पुस्तक सार्वजनिक

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १२:०२
डा. त्रिलोचन उप्रेतीका पुस्तक सार्वजनिक

काठमाडौं : पूर्वसचिव डा. त्रिलोचन उप्रेतीद्वारा लिखित २ पुस्तक सार्वजनिक गरिएको छ । मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा उप्रेतीका ‘अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत’ तथा त्यसको अंग्रेजी अनुवाद ‘इन्टरनेसनल ल एन्ड नेपाल्स वाटर रिसोर्सेस’ पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले दुवै पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले पुस्तकले पानीको विषयमा बृहत्त् दृष्टिकोण राखेको बताउँदै पानीको महत्त्व बुझ्नुपर्ने र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा किताब केन्द्रित रहेको उल्लेख गरे । 

अर्का वक्ता विकास थापाले भारतसँग जलस्रोतका विषयमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे किताबले बोलेको उल्लेख गरे । अर्का वक्ता रत्नसंसार श्रेष्ठले पनि पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखे ।

वाटर एसिया इन्टरनेशनलका प्रतिनिधि प्रेम तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखक डा. उप्रेतीले पुस्तकबारे छोटो मन्तव्य राखेका थिए । पुस्तक वाटर एसिया इन्टरनेशनलले प्रकाशित गरेको हो ।

कार्यक्रममा नेपालको जलस्रोत, कानुन– संविधानमा चाख राख्ने, लेख–पढगर्ने, व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise