२०८१ फागुन १५ गते बिहिवार / Feb 27 , 2025 , Thursday
२०८१ फागुन १५ गते बिहिवार
Ads

नेपाल १३औं पटक उपविजेतामा सीमित

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते २०:१३
नेपाल १३औं पटक उपविजेतामा सीमित

काठमाडौं : म्यानमारले फाइनलमा घरेलु टिम नेपाललाई पराजित गर्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औं पटक उपविजेतामा सीमित बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमार गोल गर्न सफल भएको थियो । 

खेलमा नेपालले म्यानमारमाथि दबाब बनाए पनि गोल गर्न भने सकेन । नेपालले खेलमा गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल नहुँदा नेपाल उपविजेतामा सिमिति बन्न पुग्यो ।

खेलको ६२औं मिनेटमा नेपालविरुद्ध म्यानमारले अग्रता लिएको थियो । यु पेर खिनेले गोल गर्दै टोलीलाई १-० गोलअन्तरको अग्रता दिलाएकी थिइन् ।

म्यानमारले ६४औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान विन थेङ्गी तुनले हानेको प्रहार गोल किपरले बचाउने प्रयास गरेपनि रश्मी कुमारी घिसिङलाई लागेर गोलमा परिणत भयो । जससँग म्यानमार २-० गोलअन्तरले विजयी भयो ।

नेपाल यसअघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा ३ तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान १ पटक उपविजेता बनेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise