२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

ट्रम्प–जेलेन्सकी चर्काचर्की

hardik ivf
मध्यान्ह
२०८१ फागुन १८ गते ०६:३०
ट्रम्प–जेलेन्सकी चर्काचर्की

काठमाडौं : रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको अग्रसरताले विश्व राजनीति तरंगित छ । यो युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको भेट र उक्त भेटमा भएको सवाल जवाफले तरंगित राजनीतिलाई थप मलजल गरिदिएको छ । 

अमेरिकी समयअनुसार शुक्रबार दिउँसो अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच भेट भएको थियो । सञ्चारमाध्यमका अगाडि उनीहरूबीच चर्काचर्की नै परेको हो । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई नेताबीचको भेटमा सुरुवाती आधा घण्टा सुमधुर वार्ता भएका थिए । वार्ताका क्रममा रुस–युक्रेनबीचको युद्ध कूटनीतिक माध्यमबाट शान्ति र समृद्धिको बाटोमा बद(ल्नुपर्ने र यही काम अमेरिकाले गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताए । 

जवाफमा जेलेन्स्कीले अमेरिका रुसको पक्षमा दखिएको आंशका गरे । २०१९ मा भएको युद्धविराम असफल भएको विषय निकाले । यसबी प्रसंगबाट नेताहरूबीच चर्काचर्की परेको हो । 

चर्काचर्कीपछि युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबचिको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् । युक्रेन एक्लै नरहेको सन्देश दिइरहेका छन् । 

नेकपा एमालेका महासचिव शंकर पोखरेल अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको बताउँछन् । 

‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छिमेककाविरुद्ध वाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ ।’ 

उनी थप्छन्, ‘आज रुश र युक्रेन दुबैका लागि युद्ध घाडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिँदैछ ।’

उनका अनुसार ट्रम्प–जेलेन्सकी चर्काचर्कीले विश्वलाई धेरै पाठ सिकाएको छ  । उनी लेख्छन्, ‘शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति विना विश्व शान्ति सम्भव हुदैन । त्यसमाथि एशियाली देशहरुले आपसी सम्वन्धको विकासमा जोड़ दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।’ 

अमेरिकाको पछिल्लो रणनीतिले अब भूराजनीतिको द्वन्द्वको केन्द्र को एशिया बन्न सक्ने संकेत गरेको छ । 

‘गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ’ उनी लेख्छन्, ‘साथै रुश र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको  उद्देश्यसंग जोडिएको देखिएन ।’ 

अमेरिकाको नियतमै शंकरको आशंका छ । अगाडि लेख्छन्, ‘अमेरिकी प्रयासमा खनिज सम्पदाको प्राप्ति मुख्य विषय बन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।’ 

ADV

सम्बन्धित खबर

Advertise