
काठमाडौं : कैलालीका भजनी नगरपालिका–८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरी जबरजस्ती करणीको आरोपमा कैद भुक्तान गरिरहेका छन् । कैलालीकै ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पुस २५ गते प्रहरीले पक्राउ गरेको थियो ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै सुनसरी बराहक्षेत्र नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेल पनि जबरजस्ती करणी गरेको आरोपमा कैद भुक्तान गरीरहेका छन् । उनलाई प्रहरीले गत फागुन १ गते पक्राउ गरेको हो । झापाकी २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका–७ खामेलकका ८२ वर्षीय वर्ण सिंह आङदेम्बे पनि कारागारमा छन् । गत मंसिर २८ गते सोही ठाउँका ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वर्ण सिंहले आफ्नै घरको आँगानमा प्रेमराजलाई छुरी प्रहार हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी कैद भुक्तान गरिरहेका छन् ।
नेपालका जेलहरूमा रहेका ज्येष्ठ कैदीबन्दी मध्ये सबैभन्दा धेरै जबरजस्ती करणी घटनामा संलग्न व्यक्तिहरू रहेका छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दा र लागुऔषध प्रयोगकर्ताका कैदीहरू रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार, हालसम्म देशभरका कारागारमा ६० वर्ष माथीका करिब एक हजार दुई सय जना कैदी छन् । कारागारमा सजाय भुक्तान गर्नेहरू अधिकांश जबरजस्ती करणी, हत्या र लागुऔषध ओसारप्रसारमा संलग्न भएकाहरू रहेको विभागका सूचना अधिकारी बालकृष्ण कटुवाल बताउँछन् ।
देशभरका कारागारमा ४ सय ९५ जना जबरजस्ती करणी, ३ सय ४४ जनाले कर्तव्य जयानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उनले बताए । त्यस्तै ८८ जना लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा कैद भुक्तान गरीरहेको उनले बताए ।
उनले भने, ‘देशभरका कारगारमा जति पनि ज्येष्ठ कैदी छन्, ति सबै ६० वर्ष पार गरेर अपराधिक घटनामा संलग्न भएर कैद भुक्तान गरिरहेका छन् ।’
पछिल्लो समयमा ज्येष्ठ कैदीहरू बढ्दै गएको उनी बताउँछन् । ‘त्यसमा पनि जबरजस्ती करणी र कर्तव्य जयानमा संलग्न भएर सजाय भुक्तानी गरिरहेका धेरै छन्,’ उनले भने ।
ज्येष्ठ कैदीहरूलाई कैद भुक्तानमा समेत छुट रहेको उनले बताए । सर्वोच्च अदालतले कैद छुट पाउनसक्ने ६५ बर्ष नाघेका ज्येष्ठ कैदीहरूलाई सजायको छुट समेत दिएको छ । ६५ वर्षदेखि माथि उमेर ज्येष्ठ कैदीहरूलाई सजाय तोकिएको २५ प्रतिशतमात्र कैद भुक्तान गर्नुपर्ने प्रावधान रहेको छ ।
त्यस्तै ७० वर्षमाथिको ज्येष्ठ नागरिकलाई ५० प्रतिशत कैद भुक्तानको सजायमा छुट छ भने ७५ वर्षदेखि माथिका ज्येष्ठ कैदीहरूलाई ७५ प्रतिशत कैद भुक्तानीमा छुट रहेको सूचना अधिकारी बालकृष्ण कटवालका बताउँछन् ।
देशभरका कारागारमा ४ सय ९५ जना जवरजस्ती करणी, ३ सय ४४ जनाले कर्तव्य जयान सम्वन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उनले बताए । त्यस्तै ८८ जना लागु औषध कारोबारमा संलग्न भएको आरोपमा कैद भुक्तान गरीरहेको उनले बताए ।
‘देशभरका कारगारमा जति पनि जेष्ठ कैदी छन्,’ उनले भने, ‘ति सबै ६० वर्ष पार गरेर अपराधिक घटनामा संलग्न भएर कैद भुक्तान गरीरहेका छन् ।’
पछिल्लो समयमा ज्येष्ठ कैदीहरु वढदै गएको उनी बताउँछन् । ‘त्यसमा पनि जबरजस्ती करणी र कर्तव्य जयानमा संलग्न भएर सजाय भुक्तानी गरीरहेका छन्,’ उनले भने ।
ज्येष्ठ कैदीहरुलाई कैद भुक्तानमा समेत छुट रहेको उनले बताए । सर्वोच्च अदालतले कैद छुट पाउनसक्ने ६५ बर्ष नाघेका जेष्ठ कैदीहरुलाई सजायको छुट समेत दिएको छ । ६५ वर्षदेखि माथी उमेर जेष्ठ कैदीहरुलाई सजाय तोकीएको २५ प्रतिशत मात्र कैद भुक्तान गर्नु पर्ने प्रावधान रहेको छ ।
त्यस्तै ७० वर्ष माथीको ज्येष्ठ नागरिकलाई ५० प्रतिशत कैद भुक्तानको सजायमा छुट छ भने ७५ वर्षदेखि माथीका ज्येष्ठ कैदीहरुलाई ७५ प्रतिशत कैद भुक्तानीमा छुट रहेको सूचना अधिकारी कटवालले बताए । कारागारमा रहेका ज्येष्ठ नागरिकहरुलाई बिरामी परेमा स्वास्थ्य उपचारमा समेत व्यवस्था रहेको उनले जानकारी गराए । विभागका अनुसार देशभर करिब ३० हजार कैदीहरु छन् ।