२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

निर्माण व्यवसायीमैत्री कानुन निर्माणको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन १८ गते २१:३०
Shares
निर्माण व्यवसायीमैत्री कानुन निर्माणको माग

रौतह : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीमैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 
निर्माण व्यवसायी संघ रौतहटको ८औं साधारण सभामा बोल्दै प्रमुख अतिथि सिंहले आर्थिक ऐन नियमावली निर्माण व्यवसायीमैत्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचित हुनु परेको बताए । 

ncell

निर्माण व्यवसायीलाई पेशाबाट पलायन हुनबाट बचाउन हालसालै सिमेन्टको मूल्य वृद्धि रोक्नुपर्ने, निर्माण व्यवसायीमैत्री खरिद कानुनमा संशोधन गर्नुपर्नेमा सरकारसँग छलफल भएको जानकारी गराए ।

निर्माणमैत्री कानुन नहुँदा ठेकदार आफैमा लडेर सखाप हुन लागेको उनले बताए । निर्माण व्यवसायी महासंघ रौतहटका अध्यक्ष कृष्णदेव यादवको अध्यक्षतामा भएको साधारण सभामा मधेश प्रदेश सभाका सांसद तथा निर्माण व्यवसायी संघ रौतहटका पूर्वअध्यक्ष नागेन्द्र साह, महासंघका महासचिव रोशन दाहाल, सहमहासचिव शिवहरी घिमिरे, सह–कोषाध्यक्ष सन्तोष साह लगायतले मन्तव्य राख्दै  राष्ट्र निर्माणमा निर्माण व्यवसायीको ठूलो भूमिका रहेको बताएका थिए । 

ताजा खबर

सम्बन्धित खबर