२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

श्रम मन्त्रालय र नाडाबीच रोजगार सम्मेलनबारे छलफल

draupadi film
मध्यान्ह
२०८१ फागुन १९ गते २१:४३
श्रम मन्त्रालय र नाडाबीच रोजगार सम्मेलनबारे छलफल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिँह भण्डारी र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधिबीच छलफल भएको छ । मन्त्रालयले काठमाडौंमा यही फागुन २६ देखि २७ फागुनसम्म ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१’ आयोजनाको सम्बन्धमा मन्त्री र नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले उक्त भेटघाट तथा छलफल गरेको हो ।

छलफलमा खासगरी अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्रबाहिरको सम्भावनाहरूको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तरमन्त्रालय सहकार्य र सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्नेजस्ता विभिन्न विषयहरूमा छलफल केन्द्रित रहेको नाडाले जनाएको छ । सो अवसरमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र सहसचिव दण्डुराज घिमिरेले अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) का कार्यसमिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आआफ्नो धारणा राखेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजनामाथि पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह/अन्तरनिकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ । सम्मेलनमा सो मन्त्रालयले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँग सहकार्य र समन्वय गर्नेछ भने नाडाको एउटा स्टल पनि रहने नाडाले जनाएको छ ।

सोमबारै सो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडाबीच साझेदारीमा अटोमोबाइल्स क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम सञ्चालन गर्ने र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा सम्झौता भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी)ले नाडालाई आवश्यक सहयोग गर्ने बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise