काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भयो । प्रबन्ध निर्देशक पहाडीले नेपाली फिल्म क्षेत्रकी प्रसिद्ध कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवद्र्धन र बजारीकरणमा लाभ मिल्ने विश्वास व्यक्त गरिन् ।
अभिनेत्री खड्काले टेलिकमसँग आवद्ध हुन पाउँदा खुसी जनाइन् । कम्पनीको हित हुने गरी काम गर्ने प्रतिबद्धता उनले जनाइन् । सम्झौता अनुसार खड्काले नेपाल टेलिकमका सेवाको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्रान्ड संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने भएकी छन् । स्वस्तिमा अन्य ब्राण्डहरूसँग पनि आबद्ध छिन् ।