२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

कुमारी बैंकका ग्राहकले टेस्ला डायगनोस्टिक छुट पाउने

hardik ivf
मध्यान्ह
२०८१ फागुन १९ गते २१:४८
कुमारी बैंकका ग्राहकले टेस्ला डायगनोस्टिक छुट पाउने

काठमाडौं : कुमारी बैंकका ग्राहकहरूले काठमाडौं बालुवाटारस्थित टेस्ला डाइग्नोष्टिक क्लिनिकबाट प्रदान हुने सेवामा छुट पाउने भएका छन् । बैंक र क्लिनिकबीच भएको स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौताअनुसार बैंकका ग्राहकले सो छुट पाउने भएका हुन् ।

सो सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डपलर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोपेन्टोमोग्राम (ओपीजी) र कोन बीम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्मको छुट बैंकका ग्राहकले प्राप्त गर्नेछन् ।

ADV

सम्बन्धित खबर

Advertise