२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

बीवाईडी हाई–टेक विक सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ फागुन १९ गते २१:४९
बीवाईडी हाई–टेक विक सम्पन्न

काठमाडौं : बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । चीनबाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यू इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो ।

बीवाईडी हाई–टेक विक नेपालका ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नुसँग सम्बन्धित रहेको थियो । यो उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रूपमा नेपाल रहेको तथ्यलाई पुष्टी गरेको कम्पनीको दाबी छ ।

बीवाईडी हाई–टेक विकको अवसरमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको जनाएको छ । कम्पनीकाअनुसार सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । 

हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरूले विभिन्न सवारी साधनमा भएका प्रविधिको प्रदर्शन अनुभव गर्ने अवसर पाएका थिए । जसमा सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरूको लाइभ शोकेस गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise