२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, आन्दोलन फिर्ता

hardik ivf
मध्यान्ह
२०८१ फागुन २० गते १७:२०
ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, आन्दोलन फिर्ता

काठमाडौं : नेपाल एलपी ग्यास उद्योगीहरूले सरकारसँग पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् ।

मंगलबार भएको वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउनेसहित ५ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँबाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । 

यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise