२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कला र संगीतलाई पर्यटनसँग जोडेर लैजान आवश्यक छ : मन्त्री तामाङ

ADV
मध्यान्ह
२०८१ असार १६ गते २१:२१
कला र संगीतलाई पर्यटनसँग जोडेर लैजान आवश्यक छ : मन्त्री तामाङ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले कला र संगीतलाई पर्टनसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संगीत विभागद्वारा आयोजित ‘नौमतीमा नौ राग’ वादन प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाली समाजमा नौमती, पञ्चे बाजाको भूमिका जनजीवनमा महत्वपूर्ण रहेकाले यो संगीत र यसको महत्व संसारसामु चिनाउनुपर्ने बताए ।

उनले नेपाली समाजमा व्यापक र प्रचलित संगीत ऐतिहासिक र मौलिक पञ्चैबाजा (नौमती बाजा)को विशिष्ट योगदान प्रभाव स्थापित भएको पनि बताए । नौमती बाजाको संरक्षण, विकास र प्रवर्द्धनलाई पनि राज्य तथा सबै पक्षले ध्यान दिनु पर्नेमा मन्त्री तामाङले जोड दिए ।

नेपालमा अहिले सम्म १३५५ भन्दा बढी बाजाहरुको प्रयोग हुँदै आएकोमा कतिपय बाजाहरू लोपोनन्मुख अवस्थामा र जीर्ण अवस्थामा रहेको भन्दै उनले ती सबै बाजाहरू र धुनलाई आफ्नो ठाउँबाट संरक्षण, विकास र प्रवर्द्धनको खाँचो देखिएको बताए ।

मौलिक तथा परम्परागत बाजाहरुको संरक्षणमा सरकार र मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री तामाङले प्रतिबद्धता पनि जनाए । आर्थिक समृद्धि ल्याउनका लागि पनि यस्ता बाजागाजाको विशेष महत्व रहने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise