२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

यामाहा नेपालको मेगा सर्भिस क्याम्प सञ्चालन

Nada
२०८१ फागुन २० गते २२:०९
Shares
यामाहा नेपालको मेगा सर्भिस क्याम्प सञ्चालन

काठमाडौं : यामाहा नेपालले मेगा सर्भिस क्याम्प सञ्चालन गरेको छ । कम्पनीले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा यामाहा मेगा सर्भिस क्याम्प सञ्चालन गरेको हो । कम्पनीले दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो ।

ncell

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले यामा ल्यूबमा १५५ छुट, जेनुइन स्पेयर पाट्र्समा १० प्रतिशत छुट, लेबर चार्जेजमा ५० प्रतिशत छुट, १५ प्वइन्ट चेक–अप, निःशुल्क बाइक वास, निःशुल्क एएमसी कार्ड लगायतका पाउने कम्पनीले जनाएको छ । नेपालभरी दुई सय भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने, ‘हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं, यसर्थ यामाहा मेगा सर्भिस क्याम्पमार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं ।’

ताजा खबर

सम्बन्धित खबर