काठमाडौं : गर्मीयाम सुरु भएसँगै एलजीले निःशुल्क एसी सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । फागुन २० गते सीमित अवधिका लागि देशभरका ग्राहकका लागि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको कम्पनीले जनाएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ र जुनसुकै अवस्थाको पुरानो एसी नयाँसँग साट्न सकिनेछ । पुरानो एसीमा ५० प्रतिशतसम्मको थप मूल्यांकन पाइने कम्पनीले जनाएको छ । देशभरका सोरुममा यो सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
सन् १९५८ मा स्थापित दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनीका घरेलु उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन र बिजनेस सोल्युसन सामग्री एकसय देशमा उपलब्ध छन् ।