काठमाडौं : सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे । जसलाई सभाले बहुमतले स्वीकृति प्रदान गरेको हो ।