२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा

hardik ivf
मध्यान्ह
२०८१ फागुन २१ गते १७:५३
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा

काठमाडौं ः सर्वोच्च अदालतमा विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ हेर्दैहेर्दैमा गएको छ ।  


वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, शम्भु थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँ, पुनदेवी महर्जन, मोहना अन्सारीलगायत ७ जनाले बुधबार रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।

अर्को पेसी चैत ६ लाई तोकिएको रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसअघि ३० माघमा निवेदक अर्याल र उनका तर्फबाट वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए । उक्त दिन पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।  

निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् । त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार पारिएको छ । 

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै बदर गर्न निवेदकले माग गर्दैै रिट दर्ता गराएका छन् ।  

१ पुस २०७७ मा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए । त्यसपछि उनीसहितले थप १४ वटा निवेदन दर्ता गरेका थिए ।  

ADV

सम्बन्धित खबर

Advertise