काठमाडौं : हृदयाघात भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् ।
आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाह उपचारपछि आज डिस्चार्ज भएका हुन् ।
उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै साहको कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।
हाललाई स्वास्थ्य अवस्था सामान्य रहेको र एक सातापछि उनलाई ‘फलोअप’मा बोलाइएको शाहको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।