२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

बारको निर्वाचनमा सत्ता र प्रतिपक्षी दलको गठबन्धन

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १६:२०
बारको निर्वाचनमा सत्ता र प्रतिपक्षी दलको गठबन्धन

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्ता र प्रतिपक्षका दल निकट संगठनको गठबबन्धन बनेको छ ।

निर्वाचनका लागि सत्तापक्षको नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) र एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए)बिच तालमेल हुने भएको छ ।

यस्तै अर्कातिर प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपिएलए), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी र नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायीहरूबिच गठबन्धन गर्ने सहमति भएको छ ।

माओवादी केन्द्र निकट आरपिएलएबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्षका उम्मेदवार बन्नेका छन् । उनी पछिल्लो समय सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको पक्षमा वकालत गरेका हुन् । 

यस्तै श्रेष्ठको प्यानलबाट रास्वपाकै नेता समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव लड्ने सहमति बनेको छ । उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)निकट कानुन व्यवसायीले पाउने छन् । 

उता सत्ता गठबन्धनबाट डिएलएका उम्मेदवार विजयप्रसाद मिश्र अध्यक्षमा र महासचिवमा एमालेनिकट पिपिएलएका केदार कोइराला उम्मेदवार हुने सहमति भएको छ । यस्तै डिएलएले अध्यक्षसहित १२ र पिपिएलएले महासचिवसहित १३ पदमा उम्मेदवारी दिने छ । निर्वाचन शुक्रवार हुनेछ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise