२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

पूर्वराजालाई ओलीको चुनौती–चुनाव लड्नुस्

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १८:२२
पूर्वराजालाई ओलीको चुनौती–चुनाव लड्नुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । 

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा बिहीबार नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न पूर्वराजालाई सुझाव दिए ।

उनले भने, ‘नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे । मान्छे कुुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनुभो ? 

छायाँलाई अगाडि सार्नुभन्दा आफैं अगाडि सर्न पूर्वराजालाई ओलीले आग्रह गरे । संविधानको बाटो समाएर आएमा आफूहरूलाई आपत्ति नहुने उनको भनाइ थियो ।

‘लोकप्रिय हुनुहुन्छ भने ठीक छ, संविधानअनुसार चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै चुनाव लड्न खुला छँदैछ नि । आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस’ पूर्वराजालाई सुझाव दिँदै ओलीले भने । उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको पनि बताए ।

उनले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए । ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताए । उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन,’ उनले भने । 
 

ADV

सम्बन्धित खबर

Advertise