जुबैल, साउदी अरब : प्रवासी मिलन एकता समाजको १२औं वार्षिकोत्सवको अवसरमा नेपाली पुरुष खुला भलिबल प्रतियोगिता २०२५ आयोजना गरिने भएको छ । प्रतियोगिता जुबैलको एआई गोसाइबी क्याम्पमा इदको अवसरमा आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ५१००, ३१०० र २१०० रियाल, प्रमाणपत्र, मेडल, र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी तथा टिमलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, भेट्रानतर्फ (४० वर्षमाथिका खेलाडीहरू) का लागि पनि छुट्टै प्रतियोगिता आयोजना गरिनेछ । विजेताहरूले क्रमशः १५००, १००० र ५०० रियाल, प्रमाणपत्र, मेडल, र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताबारे थप जानकारीका लागि कार्यक्रम संयोजक खेमराज खनाल तथा अन्य पदाधिकारीहरूलाई सम्पर्क गर्न सकिनेछ ।