२०८१ फागुन २३ गते शुक्रवार / Mar 07 , 2025 , Friday
२०८१ फागुन २३ गते शुक्रवार
Ads

१३ वर्षीया किशोरी आदिती बनिन् १ घण्टाका लागि गाउँपालिका अध्यक्ष

hardik ivf
सन्तोष पौडेल
२०८१ फागुन २२ गते २१:३२
१३ वर्षीया किशोरी आदिती बनिन् १ घण्टाका लागि गाउँपालिका अध्यक्ष

बर्दिया : ‎गेरुवा गाउँपालिका वडा नं. ५ की १३ वर्षीया किशोरी आदिती थारु १ घण्टे गाउँपालिका अध्यक्ष बनेकी छिन् । गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले आफ्नो पदभार आदितीलाई हस्तान्तरण गरेसँगै उनी १ घण्टाका लागि अध्यक्ष बनेकी हुन् ।

‘किशोरी क्लबमा’ सहभागी किशोरीहरुको प्रतिनिधि पात्रको रुपमा गेरुवा गाउँपालिका वडा नं. ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अदितीलाई गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले बुधबार एक घण्टाका लागि पदभार हस्तान्तरण गरेका थिए । 

‎गेरुवा गाउँपालिकाकोे समन्वय तथा सहकार्य एवम् प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारूको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुको सहभागितामा समुदायमा ‘किशोरी क्लवहरु’ सञ्चालनमा छन् ।

‎१ घण्टा अध्यक्ष बनेकी आदितीलाई किशोरी क्लवका किशोरीहरुले ध्यानाकर्षणपत्र समेत बुझाएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै उल्लेखित बुँदाहरु कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाइन् । 

कर्मचारीहरुलाई समेत निर्देशन दिँदै थारुले पालिकाको तर्फबाट बालिका प्रोत्साहनका कार्यक्रम ल्याउने बताइन् । उनले सबै प्रकारका हिंसा अन्त्य गर्न जुट्नुपर्नेमा जोड दिइन् ।

‎पदीय अनुभूति दिलाउँदै जिम्मेवारी तथा दायित्वबोध गराउन एवं किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको बृहत् लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘किशोरी क्लवका’का किशोरीहरुको प्रतिनिधिपात्रको रुपमा आदितीलाई १ घण्टाका लागि भएपनि गाउँपालिकाको अध्यक्षको पद हस्तान्तरण गरिएको सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत सीमा ओलीले बताइन् । ‎

पदभार हस्तान्तरण कार्यक्रमले किशोरीहरुलाई समाजप्रतिको आफ्नो दायित्वबोध गर्न र नेतृत्व गर्ने क्षमतामा निखरता ल्याउने गाउँपालिका अध्यक्ष के.सी.ले बताए ।

ADV

सम्बन्धित खबर

Advertise