२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

विधिवत रुपमा होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर (तस्बिरहरू)

Nada
२०८१ फागुन २३ गते ११:३२
Shares
विधिवत रुपमा होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर (तस्बिरहरू)

काठमाडौंः काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। शुक्रबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। 

ncell

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । 

नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णय गरेसँगै चीर ठडाइएको हो।होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ । 

तस्बिरहरू:

ताजा खबर

सम्बन्धित खबर