भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरा स्थित एक घरमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तका अनुसार शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला परेको हो ।
घरको दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ ।
शव सड्न थालेको अवस्थामा फेला परेकाको केही दिन अघि नै तीनै जनाको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies