काठमाडौंः महोत्तरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
जिल्लाको हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकमा पल्टिँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ
घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।