२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रिया

Nada
२०८१ फागुन २३ गते २१:०५
Shares
सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रिया

अर्घाखाँची : लुम्बिनी प्रदेश अन्तर्गत डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

ncell

सन्धिखर्कस्थित वन कार्यलयमा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीसँग अन्तरक्रिया गरिएको हो । लुम्बिनी प्रदेश सरकारले वैज्ञानिक वन व्यवस्थापनलाई परिमार्जन गरी वन सम्वद्र्धन प्रा.लि लागू गरेपछि अहिले यसको महत्वका विषयमा उपभोक्ताहरुसँग छलफल सुरु गरेको हो । 

कार्यक्रममा वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले वन क्षेत्रको दिगो व्यवस्थापन भइ वनको गुणस्तर र उत्पादन दुबैमा वृद्धिका लागि सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन वन समुहहरुका लागि फलदायी  हुने बताए ।  

कार्यक्रममा डिभिजनल वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत उमेश शाहले वन सम्वद्र्धन प्रणालीको बारेमा जानकारी दिँदै वनमा कार्य योजना बमोजिम यस वर्षबाट पुनःरुत्पादन कटान, थिनिङ र पुनःरुत्पादन तयारी, कटानलगायत वन सम्वद्र्धनका कार्यहरु हुने विषयमा जानकारी दिए । कार्यक्रममा सहायक वन अधिकृत केशव खड्काले समृद्धिका लागि वन अवधारणा लागु भएसँगै अब काठको आपूर्ति सहजसँगै उपभोक्ताहरुलाई काम गर्न उत्साह थपिने बताए । 

कार्यक्रममा सन्धिखर्क सव डिभिजन प्रमुख जर्सराम चौधरीले सव डिभिजन अन्तर्गत भएका सामुदायिक वनहरुका गतिविधि समृद्धिका लागि वन कार्यक्रमका बारेमा जानकारी दिए ।

यसअघि सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापनलाई २०७७ जेठ १५ गते वैज्ञानिक वन व्यवस्थापन खारेज गरेको थियो । उपभोक्ताहरुको अधिकार कटौती हुनेगरी राज्यले एक्कासी रोक लगाएको  भन्दै उपभोक्ताहरुको हक अधिकारको लागि वैज्ञानिक वनको माग गर्दै आन्दोलन समेत भएका बेला सरकारले समृद्धिका लागि वन परियोजना लागू गरेपछि उपभोक्ता हर्सित भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर