२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

hardik ivf
मध्यान्ह
२०८१ फागुन २४ गते १६:१६
नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यालेन्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछन् ।

सन् २०२५ मा आईसीसी लिग २, विश्वकप क्वालिफायर, हङकङ सिक्सेस, टी-२० र ओडीआई सिरिजलगायत रहेका छन् भने महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् ।

नेपाली सिनियर पुरुष टोलीले आगामी सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग यूएईमा टी-२० आई सिरिज खेल्नेछ ।

क्यालेन्डरअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप छनोटको तयारी अस्ट्रेलियामा गर्ने छ ।

यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ ।

नेपाली महिला खेलाडीले पनि ५० ओभरको क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । अहिलेसम्म महिला खेलाडीले ५० ओभरको घरेलु प्रतियोगिता खेल्न पाएका थिएनन् ।

क्यानले यसपल्ट भने प्रतियोगिता आयोजना गर्न लागेको हो । क्यानले अक्टोबरमा ५० ओभरको इलिट कप गर्न लागेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise