२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

महिलालाई कमजोर ठान्ने दिनको अन्त्य भएको छ : मुख्यमन्त्री कँडेल

himalayanlife
२०८१ फागुन २४ गते १९:००
Shares
महिलालाई कमजोर ठान्ने दिनको अन्त्य भएको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले महिलालाई कमजोर ठान्ने दिनको अन्त्य भएको बताएका छन् । शनिबार वीरेन्द्रनगर नगरपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले महिलालाई अवसर नदिई क्षमता जाँच गर्ने दिनको अन्त्य भइसकेको बताए ।

नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका कारण राज्यका हरेक निकायमा महिलाको उपस्थिति बढेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले यो वा त्यो बहानामा महिलालाई पछाडि पारिन खोजे आफू रहेकै स्थानबाट प्रतिवादमा उत्रनुपर्ने बताए । संविधानले राज्यका हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चितता गरेको बताउँदै आफूले पाएको अवसरलाई जिम्मेवारीपूर्वक पूरा गर्नतर्फ ध्यान पुर्‍याउन आग्रह गरे । महिलाका हकहितको सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महिलाविनाको समृद्ध समाजको कल्पना गर्न नसकिने तर्क गरे । 

यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिला आन्दोलनले ठुलो परिवर्तन ल्याएको बताइन् । विभिन्न समयमा भएका महिला तथा राजनीतिक आन्दोलनको जगमा महिला सहभागिताको सवाल उल्लेख्यरुपमा बढेको बताउँदै अझै पनि कतिपय अवस्थामा महिलालाई अवसरबाट बञ्चित हुनुपर्ने अवस्था रहेको ढकालले बताइन् ।

संविधानले दिएको अधिकार प्रयोग गरी महिलाहरुले राज्यका हरेक निकायमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको ढकालले बताइन् । सहभागिताका सवालमा महिलाहरुले अधिकारसँगै आफूलाई क्षमतावान बनाउन सके कसैले रोक्न नसक्ने ढकालको धारणा थियो ।

सम्बन्धित खबर