२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणिमुकुन्द मुकुन्दलाई

hardik ivf
मध्यान्ह
२०८१ फागुन २४ गते १९:३४
चौथो खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणिमुकुन्द मुकुन्दलाई

दाङ : चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । 

घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई १ का विरुद्ध ३ सेटले बिजयी भएको हो ।

कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५-१४,२७-२९,२५-१९ र २५-२० को जीत निकाल्दै उपाधि हात पारेको हो । उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपविजेता बनेको न्यू होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

पहिलो सेट मणिमुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोर्ट्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै  मणिमुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो । प्रतियोगितामा रोयल सिस्ने युवा क्लव तेस्रो भएको  थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्म्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का विकास समाजको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता फागुनको २० गतेदेखि सञ्चालन भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise