२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

कर्णाली प्रदेशसभामा उपस्थिति : मुख्यमन्त्री सत प्रतिशत, अर्थमन्त्री अन्तिममा

draupadi film
कुलेन्द्र शाही
२०८१ फागुन २५ गते ०६:३५
कर्णाली प्रदेशसभामा उपस्थिति : मुख्यमन्त्री सत प्रतिशत, अर्थमन्त्री अन्तिममा

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा कर्णालीका सांसदहरूको उपस्थिति निकै उत्साहजवनक देखिएको छ । १८ पुस २०७९ मा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । त्यसयता हालसम्म सभाका १०८ वटा बैठक बसेका छन् ।

जनताका प्रतिनिधिको थलोका रूपमा चिनिने संसद्मा सांसदहरूको उपस्थितिलाई महत्त्वपूर्ण मानिन्छ । संघीय संसद्मा सांसदहरूको उपस्थिति न्यून देखिएका बेला कर्णाली प्रदेशसभामा भने अधिकांश सांसदहरूको उपस्थितिमा उत्साहजनक वृद्घि भएको छ । 

प्रदेशसभा सचिवालयले दिएको जानकारीअुनसार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल बैठकमा सत प्रतिशत सहभागी हुँदा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह ६० दिन मात्र बैठकमा उपस्थित भएका छन् । जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित उनको स्थायी बसोबास काठमाडौंमा छ । संसद्को अभिलेख हेर्दा उनी मन्त्री हुनुभन्दा अघिका अधिवेशनमा कमै मात्र उपस्थित भएका देखिन्छ ।

तर, पछिल्लो समय उनी सबै बैठकमा सहभागी भइरहेका छन् । समग्रमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनदेखि नै सांसदहरूको उत्साहजनक सहभागिता रहेको सचिवालयको तथ्यांक छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ १०३ बैठकमा उपस्थित भएकी छन् । उपसभामुख यशोदा न्यौपानेले १०१ बैठकमा सहभागिता जनाएकी छन् । सांसद इन्द्राकुमारी शाही १००, पूर्वमन्त्री कृष्णबहादुर जीसी १०५, पूर्वमन्त्री खड्गबहादुर पोखरेल १०० र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विक १०५ दिन सदनमा उपस्थित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

यस्तै, पूर्वमन्त्री टेकराज पछाईं १०६, जुम्कित लामा कार्की १०२, तुलसा मल्ल १०१, पूर्वमन्त्री दुर्गाबहादुर रावत १०४, मिलन खड्का रोका १०० दिन संसद् बैठकमा उपस्थित भएका छन् ।

यस्तै, पूर्वमन्त्री रणसिंह परियार १०२, सांसद लक्ष्मी सुनार १०२, वलीमाया बुढा १०१, ऊर्जामन्त्री विजया बुढा १०२, पूर्वमन्त्री बेदराज सिंह १००  र सांसद हिक्मतबहादुर विष्ट १०५ दिन संसद् बैठकमा हाजिर भएका छन् । 

यी सांसद भएनन् १०० दिन पनि उपस्थित

विभिन्न मन्त्री र सांसदहरूले पनि उल्लेखनीय उपस्थितिका साथ बैठकमा भाग लिएका छन् । केही सांसदले भने १०० दिन पनि सहभागिता जनाएका छैनन्, जसमा पूर्वऊर्जामन्त्री उर्मिला विश्वकर्मा ९३, कलबहादुर हमाल ९५ र कल्याणी खड्का ८७ दिन, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ९७ दिन, सांसद जानकी सिंह ८२, पूर्वमन्त्री जितबहादुर मल्ल ९७ र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही ६७ दिन सदनमा उपस्थित भएका छन् ।

सधैं बैठकमा उपस्थित हुने शाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साल एउटा पुरानो मुद्दामा प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएपछि निलम्बनमा परेका थिए । निलम्बन अवधिबाहेकका बैठकमा उनी सत प्रतिशत उपस्थित छन् । शाहीले उक्त मुद्दामा विशेष अदालतबाट सफाइ पाइसकेका छन् । 

यस्तै, दक्षिणा शाही ९७, पूर्णबहादुर खत्री ९२ दिन, पूर्वमन्त्री वीरबहादुर शाही ९९, पूर्वमन्त्री भीमप्रकाश शर्मा ८५, पूर्वमन्त्री मंगलबहादुर शाही ९३, पूर्वमन्त्री महेन्द्र केसी ९४, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा ८७, पूर्वमन्त्री विन्दमान विष्ट ९३, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह ९४, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा ८९, सन्तोषी शाही ७५ र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारी ९९ दिन सदनमा हाजिर भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise