२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा

hardik ivf
मध्यान्ह
२०८१ फागुन २५ गते १०:४५
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा

पर्सा : प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।

मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् । मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् । सह प्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।

मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदै छन् ।

ADV

सम्बन्धित खबर

Advertise