२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

मोटरसाइकल दुर्घटनामा काङ्ग्रेसका जिल्ला सदस्यको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ फागुन २५ गते ११:३६
मोटरसाइकल दुर्घटनामा काङ्ग्रेसका जिल्ला सदस्यको मृत्यु

तनहुँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise