२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

Nada
२०८१ फागुन २५ गते १२:३१
Shares
टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

भोजपुर : टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।

ncell

गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा संघर्ष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । “दिवसका अवसरमा पालिकाले वर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ”, उनले भनिन्, “यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।”

ताजा खबर

सम्बन्धित खबर