२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

देउडा खेलेर हुम्लाका महिलाले मनाए महिला दिवस

draupadi film
मध्यान्ह
२०८१ फागुन २५ गते १३:०१
देउडा खेलेर हुम्लाका महिलाले मनाए महिला दिवस

हुम्ला : यहाँका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा  दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा  वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’  भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए । 

सहभागीले महिलामाथि हुने हिंसा र विभेदविरुद्धका अन्त्य गर्नुपर्ने मागका ‘प्लेकार्ड’ र ‘ब्यानर’ बोकेका थिए ।  महिला अधिकारकर्मी तारा चन्दले महिला माथि हुने हिंसा र विभेद अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो औल्याइन्  । 

‘मर्यादित महिनावारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ की केशरी ऐडी प्रथम भईन् भने मिठाई खेलमा २ नं वडाकी फागुनी बुढाले जित हात पारिन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण रोकायाले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise