२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्ने

Nada
२०८१ फागुन २५ गते १६:०९
Shares
नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्ने

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद कमला पन्तले नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेकी छन् । 

ncell

राष्ट्रियसभाको आजको वैठकको विशेष समयमा दलीय आधारमा मन्तव्इ व्यक्त गर्दै उनले भनिन्, “विगतको तुलनामा महिलाको सहभागिता बढेको छ तर नीतिनिर्माण तहमा सहभागिता बढेको छैन, नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्छ ।” 

महिलालाई उपराष्ट्रपति, उपप्रधामन्त्री, उपसभामुख, उपाध्यक्ष, राज्यमन्त्री र उपप्रमुखमै सीमिति गर्नेभन्दा पनि नेतृत्वदायी भूमिका दिनुपर्ने उनले बताइन् । उनले भनिन्, “सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला सहभागिता छ ।  निजामती सेवामा पनि २८ प्रतिशत महिला छन् ।”    

उनले मन्त्रिपरिषद्मा पनि एक तिहाइ महिलाको सहभागिता सुनिश्चित हुने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे । सांसद पन्तले भनिन् , “विसं २०६३ जेठ १६ गते संसद्बाट पास भएको सङ्कल्प प्रस्तावमा महिलाप्रति विभेद गरिएका कानुनको खारेज,एक तिहाइ महिला राज्यको सम्पूर्ण संरचनामा उपस्थित हुनुपर्छ, आमाका नामबाट नागरिकता पाउनुपर्छ, पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकारसम्बन्धी व्यवस्थाको कार्यान्वयन हुनुपर्छ । ”

ताजा खबर

सम्बन्धित खबर