काठमाडौं : नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि जित निकालेको छ । आइतबार भएको खेलमा नेपाल १ विकेटले विजयी भएको हो ।
युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालकी ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाइन् । उनले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन् । पूजा महतोले १६ र रुविना क्षेत्रीले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाएको थियो ।
युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाइन् । स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रनको योगदान दिइन् । नेपालका लागि पुजा महतोले ३ विकेट लिँदा कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।