२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पाथीभरामा केबलकार निर्माण रोक्न प्रधानमन्त्रीलाई निफिनले पठायो ज्ञापनपत्र

Nada
तिलु शर्मा पौडेल
२०८१ फागुन २५ गते २०:२७
Shares
पाथीभरामा केबलकार निर्माण रोक्न प्रधानमन्त्रीलाई निफिनले पठायो ज्ञापनपत्र

दोहा कतार : नेपालको पूर्वी जिल्ला ताप्लेजुङ अवस्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणविरुद्ध नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, आइसीसीले असहमति जनाउँदै विरोध जनाएको छ । 

ncell

अन्तर्राष्ट्रिय महासंघका विश्वका १८ राष्ट्रमा रहेका शाखाले संयुक्त ज्ञापन पत्र जारी गर्दै केबलकार निर्माण तत्काल खारेज गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । 

उनीहरूले उक्त ज्ञापनपत्र विद्युतीय(इमेल)माध्यमबाट परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका हुन् ।

ज्ञापनपत्रमा आदिवासी जनजाति किराँती लिम्बू समुदायहरूको पवित्र सांस्कृतिक धरोहर तथा मुन्धुमी स्थल मुक्कुम्लुङमा विकासको नाममा सरकारको एक पक्षीय विशेष संरक्षणसहित केही व्यावसायीहरुको निजी फाइदाका लागि सरोकारवाला स्थानीय आदिवासी जनजाति समुदायहरूको चाहना र भावना विपरित केवलकार निर्माण कार्य जबरजस्ती अगाडि बढाउनु भनेको आदिवासी जनजाति समुदायको संस्कृतिमाथिको आक्रमण र अतिक्रमण रहेको उल्लेख गरिएको छ ।

‘जनजाति अन्तर्राष्ट्रिय महासंघ, अन्तर्राष्ट्रिय समन्वय समितिको समन्वयमा प्रवासमा क्रियाशील सम्पूर्ण महासंघहरूको तर्फबाट लिम्बू आदिवासी जनजाति समुदायको पवित्र सांस्कृतिक धरोहर तथा मुन्धुमी स्थल मुक्कुम्लुङमा विकासको नाममा केबलकार निर्माण कार्य तत्काल बन्द गर्न आग्रह गर्दै वर्तमान सरकार निर्देशित प्रहरीको बर्बरतापूर्ण हिंसाको घोर विरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ ।


ताजा खबर

सम्बन्धित खबर