२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

सेनाको ४ दिने अभिमुखीकरण तालिम सुरु

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ फागुन २५ गते २०:२९
सेनाको ४ दिने अभिमुखीकरण तालिम सुरु

अर्घाखाँची : नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको ४ दिने अभिमुखीकरण तालिम बुटवलमा सुरु भएको छ ।

मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आइतबारदेखि सुरु भएको तालिममा विभिन्न सञ्चारमाध्यमका २० जना रक्षा संवाददाताहरूलाई सहभागी गराइएको नेपाली सेनाले जनाएको छ ।

मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी प्रेमबहादुर पुनले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिइ सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गरेका थिए । 

नेपाली सेना र सञ्चार माध्यमबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले यस प्रकारको अभिमुखीकरण कार्यक्रम संचालनमा ल्याएको सेनाको दाबी छ ।

नेपाली सेनाले गरेको कामलाई आम नेपाली जनतासमक्ष पु¥याउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको पृतनापति उपरथी पुनको भनाइ छ । संचारकर्मी र नेपाली सेनाबीच समन्वय आवश्यक रहेको भन्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई उनको आग्रह समेत रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी रविन राईले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन बुटवलका अग्रज पत्रकार डाक्टर बालकृष्ण चापागाईंले पत्रकारिताको अनुभव र पत्रकार आचार संहिताबारे प्रस्तुतीकरणसहित सहजीकरण गरेका थिए । 

महासेनानी मचिन्द्र थापा मगरले नेपाली सेनाको परिचय, स्थापना, जिम्मेवारी क्षेत्र, सीमाको स्तम्भ, पृतनालाई प्राप्त जिम्मेवारी लगायतको विषयमा सहजीकरण गरेका थिए ।

यस्तै मेजर रविन राईले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी, नेपाली सेना र सञ्चार जगतसँग समन्वय लगायतको विषयमा प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा नेपाली सैनिक रेडियो कार्यक्रमका प्रस्तोता (सुबेदार) सुदिप ढकालले संचालन÷सहजीकरण गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise