२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

हेटौंडामा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा

draupadi film
मध्यान्ह
२०८१ फागुन २६ गते १३:४३
हेटौंडामा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा

मकवानपुरः मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ११ र १७ मा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिभर नियन्त्रणमा आएको हो ।

गएको मङ्सिरदेखि फैलिएको स्वाइन फिभरबाट हेटौंडा उपमहानगरपालिकाका तीनवटा वडामा किसानले पालेका दुई सयभन्दा धेरै बङ्गुर मरेका थिए । 

यस्तै तीन लाख भेडाबाख्रामा पीपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । साथै जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise