२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

Nada
२०८१ फागुन २६ गते १६:१९
Shares
हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

भक्तपुरः भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।

ncell

उक्त शव रामेछापको गोकुलगङ्गा गाउँपालिका–५ कानीटार घर भइ हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए ।

मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आइ शवको पहिचान गरेको उनले जानकारी दिए । शव परिक्षणपश्चात् पूजाकी भाउजू शर्मिला गजमेरले आज दिउँसो बुझिलगेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।

शव नग्न अवस्थामा फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृत्युका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए । 

ताजा खबर

सम्बन्धित खबर