२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

प्रदूषण फैलाउने सवारी साधनलाई महानगर प्रहरीले कारबाही गर्ने 

himalayanlife
२०८१ फागुन २६ गते १७:५३
Shares
प्रदूषण फैलाउने सवारी साधनलाई महानगर प्रहरीले कारबाही गर्ने 

काठमाडौंः काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई कारबाही गर्ने हिसाबले कार्य अगाडि बढेको बताएका छन् । 

सोमबार काठमाडौं महानगरपालिकामा स्थलगत सवारी साधन परीक्षणबाट प्राप्त निष्कर्षहरू साझा गर्दै उनले सवारी साधनबाट धेरै प्रदूषण हुने भएको हुनाले त्यसको जाँच गरेर कारबाहीको दायरामा ल्याउने हिसाबले अगाडि बढेको बताएका हुन् ।  

उनले भने,‘राजधानीबासीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुनेगरि क्यान्सर जस्तो घातक रोगहरु निम्ताउने र फोक्सोका रोगहरु पनि निम्ताउने प्रदूषण सवारी साधनबाट आउने गरेको हुनाले सवारी साधनलाई मेनटेन गरेर मात्र चलाउनुपर्छ, तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हिसाबले कारबाही चलाएका छौं ।’

यसका साथै उनले एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारीमा मेनटेन नभएको देखिएको भन्दै जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा रहेको बताए । 

उनले भने, ‘एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारिमा मेनटेन नभएको देखिन्छ । हामीले एक महिना जति टेस्ट गरेर, कबुल गर्न लगाउँदा पनि सुधार भएको छैन । त्यसकारण सार्वजनिक यातायातको साधनलाई अब उहाँहरुको ग्यारेजमा गएर जाँच गर्छौं । हामीले जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा छौं । नीजि गाडीहरुले पनि धेरै धुँवाहरु फालेको देखिन्छ । त्यस्ता गाडीहरुलाई नियन्त्रणमा लिएर कारबाही पनि गरेका छौं ।’

सम्बन्धित खबर